
सुन्दरहरैंचा । नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन चैत २८ गते हुने भएको छ। अधिवेशनमा नगरका १२ वटै वडाबाट छनोट भएर आएका २८७ जना प्रतिनिधिहरूले मतदान गर्ने छन्।


अध्यक्ष पदका लागि डिल्लीप्रसाद ढकाल र हेमराज सुवेदीबीच प्रतिस्पर्धा हुने भएको छ। ढकाल समूहले आफ्नो उम्मेदवारीको घोषणा गर्दै अध्यक्षमा डिल्लीप्रसाद ढकाल, उपाध्यक्षमा दुर्गा भट्टराई, सचिवमा विशाल गुरगाईं, सहसचिवमा खगेन्द्र लिम्बु र राजेन्द्र धमलालाई उम्मेदवार बनाएको छ। यस समूहलाई विनोद ढकालको समुहले नेतृत्व गरिरहेको छ।

त्यसैगरी, अर्का अध्यक्ष पदका उम्मेदवार हेमराज सुवेदीले समेत आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्। सुवेदी समूहमा उपाध्यक्षका उम्मेदवार अम्बिका दाहाल (निरौला), सचिवमा दावा लामा, र सहसचिवमा युवराज पौडेल रहेका छन्।
संगठनको नेतृत्व चयन गर्नका लागि हुने यो अधिवेशनमा दुबै समूहबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।









