
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई शपथ गराएका ग्रहण गराएका हुन् ।


थापा यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थिए । सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भएको भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो ।

त्यसपछि मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थन पनि लिएर थापा मुख्यमन्त्री भएका हुन् । अब १ महिनाभित्रमा मुख्यमन्त्री थापाले विश्वासको मत लिनुपर्ने भएको छ ।









