
सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाको मुख्य बजार विराटचौकमा ट्राफिक व्यवस्थापनका लागि ग्राफिक हाउस विरटचौकले ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । बुधवार ग्राफिक हाउसका सञ्चालक सुमन कटुवाल, सुन्दरहरैचा नगरपालिका वडा नं १२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल र ईन्द्रपुर खानेपानीका सचिव अर्जुन गजुरेलले आस्थायी ट्राफिक पोष्ट विराटचौकलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन ।


ब्यस्त बजार त्यसमा पनि व्यस्त राजमार्गमा अतिक्रमण गरी सर्वसाधरणहरुले सवारी साधन पार्किङ गर्दै आएपछि बजार क्षेत्रका भिँडभाँड हुने स्थानहरुमा सवारी रोक्न निषेध छ, बजार एरिया अधिकतम गति जस्ता सचेतना मुलक बोर्ड राखेर बजारको सुन्दरता र दुर्घटना रोक्न सचेतना बोर्ड राखिएको ग्राफिक हाउसका सञ्चालक सुमन कटुवालले बताए ।

राजमार्ग स्थित ट्राफिक व्यबस्थापनको समस्या भएको सुचनाका आधारमा आस्थायी ट्राफिक पोष्ट विराटचौकको समानवय र ग्राफिक हाउसको सहयोगमा ट्राफिक सचेतना बोर्ड लगाइएको कटुवालले बताए ।








