कोशी प्रदेश राजनीति

कोशी प्रदेश: सभामुखको राजिनामा, थापा मुख्यमन्त्री बन्ने

काठमाण्डौ । सत्तारुढ गठबन्धबिच कोशी प्रदेशमा सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर काङ्ग्रेसकै नेतृत्वमा सरकारमा दाबी गर्ने सहमति जुटेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सभामुखलाई राजीनामा गराएर गठबन्धनकै नेतृत्वमा सरकार गठनको प्रक्रिया थाल्ने अनौपचारिक सहमति गरेको माओवादीका एक नेताले जानकारी दिए ।

सत्ता गठबन्धनले राप्रपासँग सहकार्यको प्रयास गरेपनि सफल नभएपछि माओवादीबाट सभामुख बनेका गौतमलाई राजीनामा गराएर सरकारको नेतृत्वमा दाबी पेस गर्ने तयारी गरेको हो ।

सत्ता गठबन्धनमा उम्मेदवारबारे टुंगो नलागे पनि पूर्वसहमति अनुसार थापाकै नेतृत्वमा सरकारमा दाबी गर्ने अनौपचारिक सहमति भएको छ । यसअघि सभामुखसहितको हस्ताक्षर गरेर काङ्ग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेपछि सर्वोच्च अदालतले साउन ११ गते बिहीबार उनको नियुक्ति खारेज गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *