कोशी प्रदेश

सुन्दरहरैचामा डेंगु नियन्त्रणका लागि “स्प्रे”

सुन्दरहरैचा । फैलिदै गएको डेंगु नियन्त्रणका लागि सुन्दरहरैचा नगरपालिकाले लामखुट्टे मार्ने अभियान सञ्चालन गरेको छ । समुदायमा डेंगु फैलाउन लामखुट्टेको वासस्थान पहिचान गरी ति क्षेत्रहरुमा औषधी छिट्न सुरु गरिएको हो ।

नगर कार्यपालिकाबाट नगरमा रहेको दमकल प्रयोग गरेर नगरका सबै वडाहरुमा औषधी छिट्न सुरु गरिएको हो । त्यस्तै वडा तर्फ समेत वडाध्यक्षको नेत्रित्वमा प्रत्येक पानी जम्ने स्थानमा औषधी छिट्न सुरु गरिएको हो ।

जस अन्तर्गत अहिले यो अभियान सुन्दरहरैचा नगरपालिका वडा नं १२ मा डेंगु नियन्त्रणका लागि लामखुट्टे मार्ने अभियान सञ्चालन गरिएको छ । यो रोगको किटाणुको मुख्य वासस्थान नै पानी जम्ने स्थान भएकोले उक्त स्थानहरुलाई प्राथमिकता दिएर नियन्त्रण अभियान थालिएको वडाध्यक्ष रोशनप्रसाद ढकालले बताए ।

वडाध्यक्ष आँफै विभिन्न स्थानमा पुगेर जनचेतना जगाउँदै औषधी छिट्न सुरु गरिएको हो । वडाका प्रत्येक टोलमा लामखुट्टे मार्ने अभियान सञ्चालन गरिने बताउँदै वडाध्यक्ष ढकालले आफ्नो घर वरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने, गमला, टायर, ड्रम लगायतमा पानी जम्न नदिने लगायतका सतर्कता अपनाउन वडाबासीलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *