कोशी प्रदेश मुख्य समाचार

बेलबारीमा एकैरात तीन वटा सुन पसलमा चोरी

बेलबारी । मोरङको बेलबारीमा एकैरातमा तीन वटा सुन पसलमा चोरी भएको छ । मंगलबार राति बेलबारी नगरपालिका– १ मा रहेका तीन वटा सुनपसलमा चोरी भएको हो ।

बेलबारी–१ मा रहेको न्यू बराइली ज्वेलर्स एण्ड कारखाना, नवरत्न ज्वेलर्स र न्यू वराह ज्वेलरीमा एकैरात चोरी भएको हो । सबै पसलमा गरी १४ किलो चाँदी र डेढतोला सुन चोरी भएको उद्योग बाणिज्य संघ बेलबारीका अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिएका छन ।

घटनास्थल वरपर रहेका सीसी क्यामेराको अध्ययन गरेर चोरीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेर चोरीमा संलग्नको खोजी तीव्र पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *