कोशी प्रदेश

मनोसामाजिक विमर्श अभिमुखिकरण तालिम संचालन

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा ३ कार्यदिन अवधिको मनोसामाजिक विमर्श अभिमुखिकरण तालिम संचालन भएको छ ।

श्रावण १५ गते बाट संचालन भएको उक्त तालिममा कोशी प्रदेश प्रहरी कार्यालय तथा अतरगत रहेका प्रहरी कार्यालयका अपराध अनुसन्धान, महिला तथा वालवालिका सेवा केन्द्रमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक देखि प्रहरी जवान सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागीता रहेको छ ।

प्रहरी नायव उपरिक्षक विनोद कुमार सुनुवारको प्रमुख आतिथ्यतामा संचालन भएको तालिममा मनोविमर्शकर्ता स्वस्तिका पोखरेलले सहभागी प्रहरी कर्मचारीहरुलाई मनोसामाजिक परामर्श सम्बन्धि बिभिन्न बिषयमा शिक्षण प्रदान गर्नु हुने छ । उक्त तालिमले सहभागी प्रहरी कर्मचारीहरुमा मनोसामाजिक समस्याबारे बुझ्न सक्ने क्षमताको बिकाश तथा मनोसामाजिक विमर्श दिन सक्ने क्षमता अभिवृद्धि प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *