कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचा नगरपालिकाको  दोस्रो सार्वजनिक सुनुवाई सम्पन्न

सुन्दरहरैंचा । रेडियो सुसेलीको सहजीकरणमा सुन्दरहरैंचा नगरपालिकाको चालु आर्थिक वर्ष २०८१\०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ हिजो सम्पन्न भएको छ ।

वडा नम्बर १ को कार्यालयको सभाहलमा नगरप्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा भएको कार्यक्रममा पालिकामा रहेका विभिन्न शाखाका प्रमुखहरुले ती शाखाको हालसम्मको उपलब्धी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागी नगरवासीले राखेका जिज्ञासाको जवाफ नगरप्रमुख गुरागाईं तथा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले दिएका थिए ।

रेडियो सुसेलीका कार्यकारी प्रमुख बाबुराम निरौलाले सहजीकरण गरेको  कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, ज्येष्ठ नागरिक, शिक्षक, कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *