
पथरी । मोरङको पथरिशनिस्चरे नगरपालिकाबाट प्रहरीले एकजनालाई कटुवा पेस्तोल सहित पक्राउ गरेको छ । वडा नं ३ बाट प्रहरीले ३२ वर्षिय राजाकुमार तुम्बाफोलाई पक्राउ गरेको हो ।


तुम्बाफोलाई विशेष सुचनाको आधारमा प्रहरीले घरैबाट आईतवार साझा पेस्तोल सहित पक्राउ गरेको हो । पक्राउ परेका तुम्बापोको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।










