कोशी प्रदेश मुख्य समाचार

सुकुना क्याम्पसमा ६९ प्रीन्ट रगत संकलन

सुन्दरहरैंचा । मोरङकाे सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसमा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पूर्वविद्यार्थी समाजले  “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ ६९ प्रीन्ट रगत सङ्कलन गरी कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा पूर्वविद्यार्थी, नागरिक समाजका व्यक्तिहरू, अध्ययनरत विद्यार्थीहरू, शिक्षक, कर्मचारीहरू लगायतका व्यक्तिहरूले रक्तदान गरेका थिए । समाजका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी रहेका थिए ।

सबै विधार्थीहरुलाई समेट्नका लागि र विधार्थी र क्याम्पस परिवार बिच मध्यस्तकर्ताको भुमिकाको लागि र क्याम्पसको विकासको लागि सधै सिर्जनात्मक कार्यक्रम गरिराख्ने समाजका सचिव अर्जुन गजुरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *