राजनीति

प्रेस युनियन मोरङको अध्यक्षमा पौडेल निर्वाचित

सुन्दरहरैचा । नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा वेदराज पौडेल निर्वाचित भएका छन । शुक्रबार विराटनगरमा भएको निर्वाचनमा अध्यक्ष पदमा सुशिला पाठकलाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन ।

कार्यसमितिको उपाध्यक्षमा प्रशान्त निरौला र सोनु दास, सचिवमा गोपाल पोखरेल, सहसचिवमा रस्मिता उदास र कोषाध्यक्षमा राजन पोखरेल निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा सरस कट्टेल, अनुज सापकोटा, प्रेमकेडी भट्टराई, सुजन श्रेष्ठ, दीपा धिमाल, राजु बस्नेत, सुजन निरौला, अस्मिता आचार्य, शोभा घिमिरे, स्वस्तिका पोखरेल, सतिस राजवंशी, सन्तोष मेहता र दीपा धिमाल निर्वाचित भएका छन ।

प्रेस युनियन मोरङको नेतृत्व चयन सहमतिमा गर्ने भन्दै पटक पटक अधिवेशन स्थगित हुँदै आएको थियो । तर पौडेल र पाठक बिच सहमती नजुटेपछी १२ गते विराटनगरमा निर्वाचन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *