
सुन्दरहरैंचा । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको निर्वाचनमा नारायण कार्कीले आगामी नेतृत्वका लागि आफूलाई अध्यक्ष पदमा उम्मेदवारी दाबी गरेका छन् । चैत ९ र १० गते सुन्दरहरैंचा उद्योग वाणिज्य संघको ११ औं साधारणसभा तथा निर्वाचन हुँदै छ । हाल उनी सुन्दरहरैंचा उद्योग वाणिज्य संघको महासचिव हुन् ।


उनले संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी दाबी गर्दै विगतमा शुरु भएका राम्रा कामलाई निरन्तरता दिने प्रतिबद्धता गरेका छन ।

कार्की आफू सर्वसम्मत अध्यक्ष बन्ने दौडमा छन । जसका लागि उनि सबै मतदाता सगको भेटवार्तामा व्यस्त छन । हाल सम्म संघको अध्यक्ष पदमा अन्य व्यक्तिले दाबी गरेका छैनन । संघमा यदि राजनितिक हस्तक्षेप नहुने हो भने कार्की नै अध्यक्षमा सर्वसम्मत हुने बलियो सम्भावना देखिन्छ ।
संघको आगामी नेतृत्व चयनमा सर्वसम्मत नेतृत्व बनाउन पुर्व अध्यक्षहरु समेत सक्रिय बनेका छन । सर्वसम्मत नेतृत्व चयन गर्न संघका पुर्व अध्यक्ष नवराज चापागाईको संयोजकत्वमा समिती निर्माण भएको छ ।









