
सुन्दरहरैंचा । सुन्दरहरैंचामा आज आयोजित राधाकृष्ण रथयात्रामा हजारौं सहभागी भएका छन् । सुन्दरहरैंचाको राधाकृष्ण मन्दिर र श्रीकृष्ण प्रणामी मन्दिरबाट निकालिएको रथयात्रा खोर्साने हुँदै विराटचौक, राधाकृष्ण मन्दिर र सलकपुर हुँदै विराटचौकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमै आएर समापन हुनेछ ।



हिन्दू धर्मावलम्बीहरुले विशेष रुपमा मनाउने र उल्लास प्रकट गर्ने सुन्दरहरैंचाको रथयात्रामा अन्य धर्मावलम्बीहरुको पनि उत्तिकै सहभागिता छ । रथयात्रालाई लक्षित गरेर सुन्दरहैंचाका विभिन्न स्थानमा स्वाद होटल, बग्गी जस्ता अन्य संघ सस्थाहरुले समेत खानेपानीको प्रबन्ध गरेका थिए ।

रथलाई बिहान १० बजे सुन्दरहरैंचामा रहेको काली मन्दिर र श्रीकृष्ण प्रणामी मन्दिरबाट निकालिएको थियो ।













