खेल

मन्त्री लिम्बूद्वारा खेलाडी भण्डारीलाई बधाई

काठमाण्डौ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रतिष्ठित युरोपेली फुटबल क्लबबाट व्यावसायिक रुपमा खेल्ने अवसर प्राप्त गरेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडी सावित्रा भण्डारीलाई बधाई सहित विदाइ गरेका छन ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा उनले फुटबल खेलप्रतिको लगन र मिहेनतले इजरायलको हापोइल रनाना फुटबल क्लबमा आबद्ध हुने मौका प्राप्त गरेकी खेलाडी भण्डारीलाई शुभकामना सहित बधाई दिएका हुन ।

खेलाडी भण्डारीको प्रशंसा व्यक्त गर्दै मन्त्री लिम्बूले प्राप्त मौकाको सदुपयोग गरी नेपाली फुटबलको स्तर वृद्धिका साथै आफ्नो खेल कौशलमा अझ निखार ल्याउन सफल हुने अपेक्षा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *