
सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाले तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) दर्ता प्रक्रिया अगाडी बढाए सँगै सफारीहरु धमाधम दर्ता सुरु भएको छ । सुन्दरहरैचा नगरपालिका आफैले नियमावली तयार गरी दर्ता प्रक्रिया अगाडि बढाएको थियो । अव्यवस्थित रूपमा रहेको ई–रिक्सा सवारी कार्यविधिअनुसार मात्र ई–रिक्सा दर्ता गरी चलाउन पाउने भएको छ ।


नगरमा रहेका सबै सिटिसफारीलाई दर्ता प्रक्रियामा आउन आग्रह गरिसकेको सिटी रिक्सा व्यवस्थापनका शाखा प्रमुख बासु अधिकारीले बताए । नगरमा हालसम्म २५० वटा सिटी सफारी दर्ता प्रक्रियामा आएको अधिकारीले जानकारी दिएका छन ।

सुन्दरहरैचामा यातायात पार्किङको व्यवस्थापन गर्न नसक्दा नगरको बजार व्यवस्थापन गर्न समेत चुनौती बन्दै गएको छ । बजार व्यवस्थापन गर्न यातायातको साधनमा मुख्य समस्याका रूपमा देखिएको ई–रिक्सा सवारी कार्यविधि बनेसँगै बजार व्यवस्थापन सगै यातायात व्यवस्थापनमा सहजता हुने देखिएको छ ।









