स्वास्थ्य

सुन्दरहरैंचामा सार्वजनिक सवारी चालकलाई नि:शुल्क स्वास्थ्य सेवा

सुन्दरहरैंचा । कोसी प्रदेशका १४ वटै जिल्लालाई लक्षित गरेर मंगलबार देखि २०८० सालको ट्राफिक सप्ताह सुरु भएको छ । सडकमा लेन अनुशासनको पालना गराउने र सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्य सहित प्रदेश राजधानी विराटनगरमा सप्ताहको भव्य उद्घाटन संगै तेश्रो दिन सुन्दरहरैंचामा सार्वजनिक सवारी चालकलाई नि:शुल्क स्वास्थ्य सेवा संचालन भएको थियो ।

सवारी साधन दुर्घटना बढेपछि सचेतना अभियानलाई तीव्रता दिएको छ । सवारी चालकको स्वास्थ्य जाँच, आँखा परीक्षणका साथै यान्त्रिक परीक्षण अभियान थालेको हो । स्वास्थ्य सेवा कार्यक्रममा ७० जना सार्वजनिक सवारी चालक सहित १ सय ५० भन्दा बढीले स्वास्थ्य लाभ लिएका छन । कार्यक्रममा आँखा जाँच र स्वास्थ्य परीक्षणका वल्ड प्रेसर, सुगर टेष्ट, अक्सिजन लेभल चेकजाच लगायत स्वास्थ्य परिक्षण गरिएको थियो ।

उधोग बाणिज्य संघ सुन्दरहरैंचाको सभाहलमा कोशी प्रदेश प्रहरी अस्पतालको प्रहरी नायब उपरीक्षक डा. सरोज सिंहको नेतृत्व टोलिले स्वास्थ्य परिक्षण गरेको हो । चालकको स्वास्थ्य पहिचान गर्न र यस किसिमको कार्यक्रमले दुर्घटना न्यूनीकरण गर्न मदत पुग्ने प्रहरी उपरीक्षक श्यामकुमार महोतोले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *