मुख्य समाचार समाचार

दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरूद्ध सर्वोच्चमा रिट

काठमाण्डौ। दर्ता नभएका सामाजिक सन्जाल प्लेफर्म बन्द गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

सरकारले बिहीबार रातिदेखि फेसबुक लगायत विभिन्न सामाजिक सन्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरेपछि शुक्रबार त्यसविरूद्ध सर्वोच्च अदालतमा रिट परेको हो।

सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेका अनुसार रिट दर्ता भने भइसकेको छैन। ुधेरै जनाबाट रिट आएको छ। सर्वोच्च अध्ययनकै क्रममा छ। दर्ता भएको छैन,ु उनले भने।

एउटै विषयमा एकभन्दा बढी रिट आएका कारण सबै रिट अध्ययन गरी बाँकी प्रक्रिया आइतबार मात्रै हुने सहायक प्रवक्ता पाण्डेले बताए।

‘भोलि शनिबार पनि भयो। अध्ययनका लागि पनि समय लाग्छ। त्यसकारण रिट दर्ताबारे आइतबार मात्रै प्रक्रिया अघि बढ्न सक्छ,’ उनले भने।

सरकारले सर्वोच्च अदालतकै फैसलालाई टेकेर सूचीकरण हुन नआएका २५ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरेको थियो।

सोही अनुसार दूरसञ्चार प्रदायक कम्पनी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सरकारले निर्णय गरेअनुसारका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरिएको सूचना जारी गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *