
सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं १० मा रहेको हिमालय इङ्गलिस स्कुल युकेजीबाट उत्तीर्ण गरि आधारभूत तह प्रवेश गरेका आफ्ना बिधार्थीहरूलाई आज मंगलबार एक समाराेह बीच दिक्षित गरेकाे छ ।


कक्षा १ मा प्रवेश गरेका ४० जना बिधार्थीहरूलाई स्कुलले दिक्षित गरेकाे हाे । स्कुलले सुरू गरेकाे दिक्षान्त समाराेहले बालवालिका तथा अभिभावकहरूलाई अझ हाैसला मिल्ने स्कुलका प्रिन्सिपल कमल खनालले बताए । खनालले आफ्नो विधालयमा बालवालिकाहरूलाई संस्कार सहितको शिक्षा सिकाउने गरेको उल्लेख गरे ।

आधारभूत सम्म पठनपाठन हुँदै आएको सो बिधालयले अबिभिभावक र बिधार्थीको भरोसा जित्दै आएको छ । कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वडा नं १० का कार्यबाहक वडाध्यक्ष ओम थपलिया, सुन्दरहरैंचा एन प्याबसनका कोषाध्यक्ष खगेन्द्र धिमाल लयातको उपस्थिती रहेको थियो ।









