
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं २ मृगौलिया स्थित रहेको लभ्ली एन्जल्स इङ्लिस बोर्डिङ स्कुलको २७ औँ वार्षिकोत्सब तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।


सोमबार विद्यालय परिसरमा एक समारोहको आयोजना गरी विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, पुर्व विधार्थी सम्मान, शिक्षक त्था कर्मचारी सम्मान तथा शुभकामना सहित वार्षिकोत्सव मनाएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला विकास समन्व्य समिती मोरङका प्रमुख अजम्बर राईले राज्यबाट सञ्चालित विधालय भन्दा प्राइभेट विधालयहरुले दिने शिक्षा फरक रहेको बताए । प्रमुख अतिथी राईले विधालयले आवश्यकता र चाहाना अनुरुपको शिक्षा प्रदान गर्नेमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा विधालयका प्रधानाध्यापक मनोज रेग्मीले विधालयले सैद्धान्तिक शिक्षा भन्दा व्यवहारिक शिक्षामा जोड दिएको बताए । रेग्मीले विधार्थीको शैक्षिक भविष्य उज्ज्वल बनाउन अभिभावकले समेत जिम्मेवार बन्नुपर्ने बताए । विधालयले गत वर्ष देखि डिजिटल कक्षा समेत सञ्चालन गरेर विधार्थीहरुलाई अध्ययन गराउन शुरु गरिएको बताए ।









