
विराटनगर । सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेस नेता उद्धव थापालाई बनाउन निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको केन्द्रीय नेताहरुको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।


एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको सरकारले विश्वासको मत नपाएपछि कांग्रेसबाट थापा, माओवादीबाट इन्द्र आङबोले मुख्यमन्त्रीमा दाबी गरेका थिए ।










