
झापा । झापामा जङ्गली हात्तीले कुल्चेर एक वृद्धाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर ८० वर्षीया पन्नादेवी साहको मृत्यु भएको हो ।


फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई हात्तीले कुल्चेको थियो । शवको पाेस्टमार्टमका लागि इलाका प्रहरी कार्यालय धुलाबारीले आवश्यक प्रक्रिया गरिरहेको छ ।










