कोशी प्रदेश मुख्य समाचार

नोट अफ डिसेन्ट लेख्दै सक्कियो सर्वदलिय बैठक

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले अवैज्ञानिक तरिकाले बढाएको करको दर समायोजन गरिनुपर्ने यहाँका स्थानीय राजनैतिक दलहरूले माग राखेका छन् ।

आइतबार नगरपालिकाको बैठक हलमा नगरप्रमुख केदारप्रसाद गुरगाईको अध्यक्षतामा भएको सर्वदलिय छलफलमा नगरले बढाएको करको दर घटाउनु पर्ने संयुक्त संघर्ष समितिले माग गरेको छ । बैठकमा नगरले नगरका प्रवक्ता रोशनप्रसाद ढकालको संयोजकत्वमा बनेको कर विज्ञ सहितको समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गरेको थियो । उक्त समितिले नगरमा कर घटाउनु पर्ने सुझाव सहित करको दर रेट समेत प्रस्तुत गरेको नगर प्रवक्ता रोशनप्रसाद ढकालले बताए ।

आइतबारको छलफल समेत बिना निष्कर्ष सकिएको छ । प्रवक्ता ढकालका अनुसार संयुक्त संघर्ष समितिले आजको छलफलमा प्रस्तुत गरिएको प्रतिवेदन र करको दरलाई स्वागत गरे पनि नगर सभाको मिति तोक्ने विषयमा विवाद हुदा छलफल विना निष्कर्ष सकिएको हो ।

नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दुश्यान्त भट्टराईले विज्ञ टोलीले दिएको करको दर र प्रतिवेदनलाई जनताले स्विकार गर्ने तर उक्त करको दरलाई कार्यान्वयन गर्ने विषयमा आशंका भएकोले तत्काल नगरसभा बोलाउन माग गरेको बताए । उनले नगरसभाको मिति तोक्न नगरप्रमुखले तदरुक्ता नदेखाएको कारण नोट अफ डिसेन्ट लेख्दै असहमती जनाएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापती टेकमणी न्यौपानेले कर घट्ने विषयमा नगरबाट चित्त बुझ्दो जवाफ नदिएको कारण संघर्षको कार्यक्रम गर्न बैठकमा असमहती जनाउदै नोट अफ डिसेन्ट लेखिएको बताए । न्यौपानेले अन्य दलले समर्थन गरे पनि नगरे पनि आफ्नो पार्टीले पौष १६ गते देखि संघर्षका कार्यक्रमहरु अगाडी बढाउने बताए ।

नगरमा प्रवक्ता रोशन प्रसाद ढकालको संयोजकत्वमा बनेको कर विज्ञ सहितको समितिले नगरले विभिन्न विषयमा करको दर हेरफेर गर्नुपर्ने सुझाव दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *