
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईले आफू सबै नगरप्रमुखहरूभन्दा लोकप्रिय भएको दाबी गरेका छन्।


नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटीको नयाँ कार्यसमितिको सपथग्रहण कार्यक्रममा बोल्दै उनले भने, “सबै मेयरमध्ये म नै सबैभन्दा पपुलर छु।” उनल्व विकासका काममा अन्य पालिका भन्दा सुन्दरहरैंचा पपुलर भएको बताएका हुन् । गुरागाईले पार्टीले टिकट दिए आगामी स्थानीय तह निर्वाचन (२०८४) मा पुनः मेयर पदमा उम्मेदवारी दिने संकेत समेत गरेका छन्।

२०७९ सालको स्थानीय निर्वाचनमा पनि धेरैले आफूलाई पराजित हुने आँकलन गरे पनि जनताको विश्वासले जित दिलाएको स्मरण गर्दै उनले भने, “त्यसबेला पनि धेरैले हार्ने भनेका थिए, तर मैले जितेर देखाएँ।”
कार्यक्रममा गुरागाईले आफैंले गरेका विकास निर्माण तथा नगर सुधारका कामहरू पर्याप्त भए पनि पार्टीका नेता तथा कार्यकर्ताहरूले आफ्नो कामको प्रचारप्रसारमा कन्जुस्याइ गरेको गुनासो गरे।









