
विराटनगर । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले हालका गभर्नर डा. विश्व पौडेललाई नेपाली कांग्रेसको कार्यकर्ता भएको दाबी गरेका छन्। तर, उनले राजनीतिक पृष्ठभूमिलाई भन्दा पनि कार्यसम्पादनलाई मुख्य मानेर मूल्याङ्कन गर्नुपर्ने बताए।


एक अन्तर्वार्तामा कुरा गर्दै सांसद शर्माले भने, “गभर्नर कांग्रेसकै कार्यकर्ता हुन्। एमालेको हुन्थे भने पनि उनी एमालेकै कार्यकर्ता हुने थिए। तर प्रश्न राजनीतिक पहिचान होइन, काम हो।”

उनले अघिल्ला गभर्नर महाप्रसाद अधिकारीको तुलनामा डा. पौडेलले उत्कृष्ट कार्यसम्पादन गर्ने दाबी गरे। “महाप्रसाद भन्दा अहिलेका गभर्नरले राम्रो काम गर्ने छन् ।”
शर्माले देशको आर्थिक समस्या गभर्नर वा व्यक्तिसँग नभई प्रणालीगत कमजोरीसँग जोडिएको पनि उल्लेख गरे। “देश प्रणालीविहीन भएर समस्यामा परेको हो, व्यक्ति जति सक्षम भए पनि सिस्टम नभएर परिवर्तन आउँदैन,” उनले प्रष्ट पारे।
डा. विश्व पौडेललाई गभर्नर नियुक्त गरेपछि केही राजनीतिक दलहरूबाट आलोचना हुँदै आएको छ। तर, कांग्रेस सांसद शर्माले भने गभर्नरको दलगत पृष्ठभूमि होइन, उनीद्वारा उठाइएका आर्थिक सुधारका उपायहरूमा ध्यान दिनुपर्ने धारणा राखे।









