मुख्य समाचार समाचार स्वास्थ्य

सुकुना सामुदायिक हस्पिटलको अध्यक्षमा कार्की

सुन्दरहरैँचा । सुकुना सामुदायिक हस्पिटलकाे अध्यक्षमा गाेविन्द कार्की सर्वसम्मत रूपमा चयन भएका छन् । हस्पिटलको १३ औं साधारण सभाले २९ जना शेयर सदस्यहरु मध्येबाट कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै हस्पिटलको सञ्चालक समितिको सदस्यमा नगेन्द्र दाहाल, नवराज चापागाईं, ललितबहादुर श्रेष्ठ , राजेश अग्रबाल , ज्ञानप्रसाद ढकाल तथा बालकृष्ण आचार्य सर्व सम्वत रूपमा चयन भएका छन् ।

साथै लेखा समिति हरिबहादुर कार्कीकाे संयाेजकमा ३ सदस्य समिति चयन भएको छ । सुकुना हस्पिटलकाे साधारण सभा लेखुप्रसाद ढकालकाे सभापतित्वमा सम्पन्न भएको थियाे । शैक्षिक क्षेत्रको सफल नेतृत्व गरिसकेका कार्की सुन्दरहरैंचामा रहेका विभिन्न संघसस्थाको समेत नेतृत्व गरिसकेका व्यक्ती हुन । कार्की सुन्दरहरैचा नगरपालिकामा रहेको निजी विधालय मध्येको उत्कृष्ट विधालय सुविजिमुर स्कुलको प्रध्यानध्यापक समेत हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *