मुख्य समाचार शिक्षा

नेवी संघ सुकुनाद्वारा उदघोषण तालिम सञ्चालन

सुन्दरहरैंचा । नेपाली कांग्रेसका नेता गणेशमान सिंहको २६ औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पस इकाई समितिले २ दिवसीय उदघोषण तथा ब्यक्तित्त्व बिकास तालिम संचालन गरेको छ ।

सुकुना क्याम्पसको सभा हलमा भएको कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका सदस्य मित्रसेन योन्जनले बिपि कोइराला र गणेशमान सिंहको तस्वीरमा माल्याणपर्ण गरी कार्यक्रमको उदघाटन गर्दै उदघोषण र ब्यक्तित्त्व बिकास सबैमा अपरिहार्य रहेको भन्दै सिकेका सिपलाई ब्यबहारमा नउतारे सम्म तालिम लिएको औचित्य नहुने धारणा प्रस्तुत गरे। अबको आमुल परिवर्तन गर्ने जिम्मा विद्यार्थीको काँधमा रहेको भन्दै राष्ट्रको आमुल परिवर्तनका लागी कम्मर कसेर लाग्न योन्जनले सुझाव दिएका थिए ।

उक्त तालिम कार्यक्रमको प्रशिक्षण एलएन गच्छदार र सनराईज चौधरीले दिएका थिए । उक्त अवसरमा विभिन्न क्याम्पसका स्ववियु सभापति, बिभिन्न विद्यार्थी संगठनका प्रतिनिधि र बिद्यार्थीको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *