कोशी प्रदेश समाचार

सवारी दुर्घटनाबाट २ जनाको  मृत्यु

बिराटनगर । मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई स्थानमा सवारी दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । आज बिहान साढे ८ बजे मोरङको बिरानगर महानगरपालिका-३ स्थित राजमार्गमा प्रदेश १-००२ ह ३९२ नम्वरको अटो टेम्पोले पैदल यात्री बिरानगर १२ कि ७७ बर्षीया हिमा निरौलालाई ठक्कर दिदा घाईते भएकि निरौलाको विराट टिचिङ अस्पताल गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको हो, ठक्कर दिने टेम्पो र चालक ईटहरी १० का ३८ बर्षीय गौरव गुरुम्बाङलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

यसै गरी दिउँसो १ बजे रामधुनी नगरपालिका-१ स्थित राजमार्गमा प्रदेश १-०४-००१ त ००८४ नम्वरको ट्रयाक्टरले साईकल यात्री स्थानिय ३४ बर्षीया मंजु चौधरीलाई ठक्कर दिंदा घाईते भएकि चौधरीको उपचारको लागि धरान घोपा लगिएकोमा अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको हो । ठक्कर दिने ट्रयाक्टर र चालक रामधुनी-४ का बिजय उराउलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *