स्वास्थ्य

विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलद्वारा दुई संस्थासँग सहुलियत सम्झौता

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नेपाल ईन्जिनियर्स एशोसिएसन कोशी प्रदेश कार्यकारीणी समिति र गुराँस लघुवित्त वित्तीय संस्था लि. सँग छुट्टाछुट्टै सम्झौता गरेको छ।

कोशी प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा, नर्सिङ, डेन्टल लगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुलाई उपचारमा सहुलियत उपलब्ध गराउँदै आइरहेको छ।

नेपाल ईन्जिनियर्स एशोसिएसन कोशी प्रदेश कार्यकारीणी समितिसँगको सम्झौता अनुसार समितिका सदस्यहरुले ओपीडी सेवा नि:शुल्क, अप्रेशनसहितको अस्पताल सेवामा १५ प्रतिशत छुट र औषधीमा ५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ। यस सम्झौता पत्रमा एशोसिएसनको तर्फबाट इन्जिनियर जागर नाथ साह र अस्पतालको तर्फबाट महाप्रबन्धक दिपेश राईले हस्ताक्षर गरेका छन्।

त्यसैगरी, गुराँस लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय धनकुटासँग भएको सम्झौता अनुसार संस्थाका ग्राहक सदस्यहरुले ओपीडी सेवा नि:शुल्क पाउनुका साथै ल्याव टेस्ट, एक्सरे, सिटी स्क्यान, एमआर आई, इन्डोस्कोपी सेवा र बेड चार्जमा १५ प्रतिशत छुट तथा औषधीमा ५ प्रतिशत छुट प्राप्त गर्ने अस्पतालले जनाएको छ। यस सम्झौता पत्रमा गुराँस लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद उपाध्याय र अस्पतालको तर्फबाट महाप्रबन्धक दिपेश राईले हस्ताक्षर गरेका छन्।

दुवै सम्झौताहरू संस्थाका सदस्यहरुलाई विशेष स्वास्थ्य सुविधा प्रदान गर्ने उद्देश्यले गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *