कोशी प्रदेश मुख्य समाचार

प्रहरी निरीक्षक ऋषिराज ढकाल सम्मानित

विराटनगर । कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी, विराटनगरका प्रहरी निरीक्षक ऋषिराज ढकाललाई “उत्कृष्ट आन्तरिक प्रशिक्षक” पुरस्कार प्रदान गरिएको छ।

नेपाल प्रहरीको पेशागत मर्यादा कायम राख्दै आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गर्दै आएका ढकालले आन्तरिक प्रशिक्षणको क्षेत्रमा देखाएको उत्कृष्ट योगदानको कदर स्वरूप यो सम्मान प्राप्त गरेका हुन्।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ७० औ प्रहरी दिवस–२०८२ को अवसरमा ढकाललाई प्रशंसा–पत्रसहित सम्मान गरेको हो ।

ढकालले आफ्नो अनुभव र दक्षताद्वारा प्रशिक्षणको गुणस्तर वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेका छन्। प्रहरी संगठनभित्र पेशागत व्यवहार, अनुशासन र सेवा भाव प्रवर्द्धन गर्न उनले गरेको योगदानलाई समेत प्रशंसा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *