
काठमाण्डौ । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन । उनले सुन तस्करीको बारेमा छानबिनमा सघाउन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताएका हुन ।


सरकारले सुन तस्कर समात्दा धन्यवादको पात्र बने पनि नैतीक रुपमा गृहमन्त्री र अर्थमन्त्रीले राजिनामा दिनुपर्ने उनले बताएका छन । उनले आफु सत्ता पक्षकै सांसद भएता पनि राष्ट्रको कुरामा दल नहेर्न्रे प्रष्ट पारे । प्राइम टेलिभिजनमा जनता जान्न चाहन्छन कार्यक्रममा शर्माले हालका अर्थमन्त्री पार्टीबाटै पराजित भएको र तानिएका सांसद मात्र भएकोले तानिएका सांसदले अर्थमन्त्रालय चलाउन नसक्ने प्रष्ट पारे ।

सांसद शर्माले दुवै जना मन्त्रीहरुले तत्काल राजीनामा दिई अनुसन्धानलाई सहज बनाउनुपर्ने बताए।









