कोशी प्रदेश मनोरञ्जन मुख्य समाचार

सुन्दरहरैंचा विराट एक्स्पोमा नि:शुल्क प्रवेशको व्यवस्था

सुन्दरहरैंचा । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा माघ ३० गतेदेखि जारी सुन्दरहरैंचा विराट एक्स्पो ४ मा आयोजकले आज देखि निःशुल्क प्रवेशको व्यवस्था गरेको छ ।

एक्स्पोमा आज देखि दिउँसो ३ बजे सम्मका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको हो । एक्स्पोमा नि:शुल्क प्रवेशको व्यवस्था गरिएपछी एक्स्पो अवलोकनकर्ताहरुको उल्लेखनिय भिड हुन थालेको छ ।

हिजो साँझ बसेको एक्स्पो आयोजक समितिको बैठकले परीक्षणको रूपमा आज दिउँसो ३ बजेसम्म आगन्तुकका लागि निःशुल्क प्रवेश गराउने निर्णय गरेको थियो । आयोजकको अनुसार अब दैनिक दिउँसो ३ बजे सम्म प्रवेश नि:शुल्क हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *