
सुन्दरहरैंचा । क्रियाशील सदस्य नवीकरण प्रक्रिया शुरु भए सँगै नेपाली काङ्ग्रेसमा अधिवेशनको रौनक देखिन थालेको छ । काङ्ग्रेसको विधान अनुसार १५ औं महाधिवेशन २०८३ साल भित्र गरी सक्नुपर्ने छ ।


मोरङ काङ्ग्रेसको आउँदो अधिवेशनमा सभापतिमा शिवप्रसाद ढकालको उम्मेद्बारी हुने चर्चा छ । ढकाल संस्थापन पक्षबाट शेरबहादुर देउवा र गगन थापाको उम्मेद्बारी हुने चर्चा चलेको छ । ढकाल देउवा र थापाको रोजाईमा परेका व्यक्ती हुन । ढकालले आफू मेयर हुँदा तत्कालिन प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति देउवालाई आफ्नो नगरमा ल्याएर नगरको गौरवको योजना उद्घाटन गराउन सफल बनेका थिए ।

संस्थापन इतर शेखर कोइराला पक्षबाट नागेश कोइराला उम्मेद्बारी हुने चर्चा छ । कोइराला विराटनगर महानगरपालिकाका मेयर समेत हुन । ढकाल सुन्दरहरैंचा नगरपालिकाका संस्थापक मेयर हुन ।
१५ औ महाधिवेशनमा गगन थापा सभापतिको उम्मेद्बारी बन्ने चर्चा सँगै मोरङमा समेत सभापतिको उम्मेद्बारीको बन्ने विषयमा चर्चा चल्न थालेको हो । संस्थापन इतरबाट केन्द्रको सभापतिमा शेखर कोइरालाको समेत चर्चा छ ।
संस्थापन इतर समूहबाट पातलिएका थापालाई शेरबहादुर देउवाले सभापतिको उम्मेद्बारी बनाउन सक्ने आङ्कलन नेताहरूले गर्दै आएका छन् । पछिल्लो समय महामन्त्री समेत रहेका गगन थापा शेरबहादुर देउवा सँग नजिक रहँदै आएका छन् ।
गगन थापाले शेखर कोइरालाको साथ छोड्ने हो भने पनि मोरङमा थापा पक्षको बहुमत बढी रहने नेताहरूले बताउँदै आएका छन् ।
ढकाल ०७९ को स्थानीय तहको निर्वाचना सुन्दरहरैंचा नगरपालिकाको मेयर पदमा उम्मेद्बारी बनेका थिए । उनलाई काङ्ग्रेस भित्रबाट नै हराउन केही काङ्ग्रेसी लागेका थिए । उनी मेयरमा हारे पनि जनताको मनमुटुमा बस्न सफल एक पुर्व मेयर समेत हुन् । जनताको घरदैलोमा सधैं पुगि राख्ने पुर्व मेयर हाल नेपाली काङ्ग्रेस कोशी प्रदेशका सदस्य हुन् ।









