कोशी प्रदेश मुख्य समाचार राजनीति

सुन्दरहरैंचा माओवादीको अध्यक्षमा रोहित चौधरी निर्वाचित

सुन्दरहरैंचा । नेकपा माओवादी केन्द्र सुन्दरहरैंचा नगरकमिटीको अध्यक्षमा रोहित चौधरी निर्वाचित भएका छन् ।  हालै सम्पन्न नगर अधिवेशनबाट चौधरी नगर अध्यक्षको जिम्मेवारीमा चयन भएका हुन् ।

अध्यक्षमा निर्वाचित भएपछि चौधरीले पार्टीलाई स्थानीय तहमा अझ मजबुत बनाउँदै विकास र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले संगठनलाई थप सशक्त बनाउन युवाहरूलाई नेतृत्वमा ल्याउने र जनमुखी नीतिहरूलाई कार्यान्वयन गर्ने लक्ष्य रहेको बताए ।

नगर अधिवेशनमा पार्टीका वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो । अधिवेशनले पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण, र स्थानीय मुद्दाहरूमा ध्यान केन्द्रित गर्ने निर्णय लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *