
इटहरी । वर्षा रोकिए सँगै सप्तकोशीमा पानीको बहाव घट्न थालेको छ । शुक्रबार राती देखि निरन्तर परेको पानी आइतबार दिउँसो देखि रोकिन थालेको छ ।


कोशी ब्यारेजमा पानीको बहाव ३ लाख ५८ हजार क्युसेक छ । कोशीका सबै ५६ वटा ढोका अहिले खुल्ला रहेको छ । कोशीमा पानीको बहाव ४ लाख क्युसेक कटेको थियो । पानीको बहाव घटेपनि कोशी ब्यारेजमा खतराको संकेत रातो भने यथावत छ।










