कोशी प्रदेश मुख्य समाचार

इन्द्रपुर जेसीजले क्लोथ बैंक संञ्चालन गर्ने

सुन्दरहरैंचा । इन्द्रपुर जेसीजकाे आयाेजना तथा इन्द्रपुर जुनियर जेसीजको सह आयोजनामा “हुनेले दिने, नहुनेले लिने” भन्ने मूल नाराका साथ जेसीआई कपडा बैंक स्थापना हुने भएको छ।

आइतबार सुन्दरहरैँचा ९ स्थित इन्द्रपुर जेसीजकाे सचिवालयमा पत्रकार सम्मेलन गरि साे कुरा जानकारी गराईएकाे हाे । इन्द्रपुर जेसिजका अध्यक्ष जेसी आकाश दुलालले जानकारी दिए अनुसार पुस २९ देखि माघ ४ गतेसम्म कपडा संकलन गरिने र माघ ५ देखि माघ १२ गतेसम्म विराटचोकस्थित वाकिङ स्ट्रिटमा कपडा वितरण गरिने कार्यक्रम रहेको छ।

उनले यस मानवीय सेवाको पुनित कार्यमा सबैको सहभागिताको लागि आह्वान गर्दै आफ्नो घरमा रहेका लगाउन मिल्ने कपडा भए सफा गरेर यश अभियानलाई उपलब्ध गराउन समेत आग्रह गरे ।

यो अभियान विशेषगरी चिसो मौसममा न्यानो कपडा किन्न नसक्ने अति विपन्न परिवारहरूका लागि कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको दुलालले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *