कोशी प्रदेश मुख्य समाचार

गाडिको टायरले लागेर कानेपोखरीमा एक पैदलयात्रुको मृत्यु

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा मंगलबार गाडिको टायर फुस्किएर दुर्घटना हुँदा एकजना पैदलयात्रुको मृत्यु भएको छ । बसको टायर फुस्किएर लाग्दा सोहि गाउँपालिका-६ बस्ने ३० वर्षीय वीरेन्द्र पौडेलको मंगलबार बिहान मृत्यु भएको हो । 

कानेपोखरी गाउँपालिका-७ पुर्व पश्चिमी लोकमार्ग स्थित मुख्य बजारमा प्रदेश १-०१-००१ ख ३९२२ नम्बरको बसको टायर अचानक फुस्किएर लाग्दा पौडेलको मृत्यु भएको हो । 

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *