कोशी प्रदेश मुख्य समाचार

अवरुद्ध सडकमा दमकलमा आए सुन्दरहरैंचाका मेयर गुरागाईँ

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ११ स्थित बेलेपुर चौकमा भएको सडक अवरुद्ध २ घण्टा पछि खुलेको छ ।

घिनाघाट-विराटचौक सडकमा पर्ने बेलपुर चौकको केही सडक कालोपत्रे हुन बाकी छ । कालोपत्रे नभएपछि उक्त सडकमा अत्याधिक धुलो उडेपछि स्थानीयले सोमबार बिहानै देखि सडकमा सवारी आवतजावत नै ठप्प पारे ।

उक्त अवरुद्ध सडक सुचारु गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो । सडक सुचारु गर्न प्रहरीले धेरै प्रयास गरे पनि दुई घण्टा पछि मात्र सडकमा सवारी चल्न थाल्यो । सडक सुचारु गर्न प्रहरीले प्रयास गरे पनि जनप्रतिनिधि आएर सम्बोधन गर्नुपर्ने माग स्थानीयले राखेका थिए ।

सडकको धुलोका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै व्यापार व्यवसाय समेत प्रभावित भएकाले दबाबका लागि सडक अवरुद्ध गरिएको सृजनशील समाजकी अध्यक्ष निरु बजगाईँले बताइन ।

सडक अवरुद्ध भएको दुई घण्टा पछि दमकल चढेर सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ अवरुद्ध सडक भएको स्थानमा आएका थिए । उनले सडक निर्माण गर्न कोशी प्रदेश सरकार सँग पहल गर्ने आश्वासन दिएपछि दुई घण्टा पछि अवरुद्ध सडक खुलेको थियो ।

उक्त सडकको समस्या समाधान नहुँदा सम्म भत्किएको सडक बन्द गरी  उक्त सडकलाई “वान वे” सडक बनाउने र उक्त धुलो भएको सडकमा नगरपालिकाले पानी हाल्ने सहमति पश्चात् अवरुद्ध सडक सुचारु भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *