कोशी प्रदेश मुख्य समाचार

इन्द्रपुर जेसिज सम्मानित

सुन्दरहरैंचा । बुटवल जेसिजको आतिथ्यतामा लुम्बिनी प्रदेशको बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा नेपाल जेसिजको ५० औ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । उक्त ५० औ  महाधिवेशनबाट इन्द्रपुर जेसिज सम्मानित भएको छ ।

नेपाल जेसिजले क्षेत्र ‘क’ मा उत्कृष्ट तालिम सञ्चालन गरेको आधारमा सोही विधामा जेसिजको इन्द्रपुर शाखा सम्मानित भएको हो । त्यस्तै इन्द्रपुर जेसिज वर्ष २०२३ का महासचिव समीर बस्नेत क्षेत्र ‘क’ को उत्कृष्ट महासचिवको रुपमा सम्मानित भएका छन ।

मंसिर २९ गते देखि पुस २ गते सम्म बुटवलमा आयोजना भएको ५० औ राष्ट्रिय महाधिवेशनबाट नुवाकोट जेसिजको पुर्व अध्यक्ष रविन पोखरेल नेपाल जेसिजको वर्ष २०२४ का लागि राष्ट्रिय अध्यक्षको रुपमा निर्वाचित भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *