
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका ९ मा रहेको नागदेवी मन्दिर सेवा समितिको अध्यक्षमा रामकृष्ण खड्का निर्वाचित भएका छन् ।


बुधबार भएको निर्वाचनमा समितिको अध्यक्षमा रामकृष्ण खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको अध्यक्षमा रामकृष्ण खड्का र सुमित्रा खड्काको उम्मेद्बारी रहेको थियो ।

२०३ मत गणना गर्दा अध्यक्ष पदका उम्मेद्वार रामकृष्णले १४७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी सुमित्राले ४७ मत प्राप्त गरिन । त्यस्तै सचिव पदमा घनश्याम दाहालले १४६ मत प्राप्त गरे भने ददिराम न्यौपानेले ४६ मत प्राप्त गरे ।
त्यस्तै कोषाध्यक्ष पदमा पुष्पा कुमारी खड्काले १२९ मत प्राप्त गरिन भने टीका कार्कीले ६४ मत प्राप्त गरेका छन । त्यस्तै सहसचिव पदमा हिरा खड्काले ११५ मत प्राप्त गरे भने तेजबहादुर कार्कीले ७८ मत प्राप्त गरेका छन् ।
मन्दिर सेवा समितिको सदस्य पदमा भने सर्वसम्मत चयन भएका छन ।









