कोशी प्रदेश मुख्य समाचार

सडक सफा गर्दै वडाध्यक्ष श्रेष्ठ

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका वडा नं ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले सडकमा थुप्रिएको फोहोर उठाउने अभियानको नेतृत्व गरेका छन् ।

बुधबार बिहान प्रधानमन्त्री रोजगारमा खटिएका श्रमिक तथा स्थानीयहरूलाई लिएर वडाध्यक्ष श्रेष्ठ सडक सफाई अभियानमा खटिएका हुन ।

वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा बुधबार बिहान वडा नं ९ का विभिन्न स्थानमा सडक सफा गरिएको थियो । ‘आफ्नो घर वरपर फोहोर भए आफैँले सफा गर्नुपर्छ’ भन्ने सन्देश दिन सडक सफाइ अभियान सञ्चालन गरिएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *