
सुन्दरहरैंचा । माेरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। संगम टोल निवासी ६० वर्षीय भवकृष्ण घिमिरेलाई हात्तीले आक्रमण गरेको हो।


स्थानीयका अनुसार दूध बेच्न जाँदै गर्दा बिहान करिब ५ बजे हात्तीले घिमिरेमाथि आक्रमण गरेको थियो।

शुक्रबार दिउँसो देखि हात्तीको बथान जंगल क्षेत्र भन्दा करिब ९ किलोमिटर दक्षिण मानव वस्तिमा प्रवेश गरेको थियो । सुन्दरहरैंचाको वडा नं १२ शुक्रबारे हुँदै वडा नं १ स्थित गोविनपुर, वडा नं ११ कर्जुना, बेलेपुर हुँदै खोर्सानेबाट हात्ती पुनः जंगल क्षेत्र तर्फ लागेको छ ।









