कोशी प्रदेश मुख्य समाचार

बेलबारीमा माटोको ढिस्कोले पुरीएर महिलाको मृत्यु

बेलबारी । मोरङको बेलबारी नगरपालिका-८ भलुवाई स्थितमा माटोको ढिस्कोले पुरीएर एकजना महिलाको मृत्यु भएको छ ।

आइतबार अपरान्ह सवा ४ बजे बाँसको झ्याङ मुनि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को माथिबाट खस्दा मोरङको बेलबारी नगरपालिका-१० की २८ बर्षिया सुनिता राजबंशीले घाईते भएकी थिईन् ।

माटोको ढिस्कोले पुरेको अवस्थामा देख्नासाथ उनी संगै माटो खोज्न गएकी गिता राजबशीले सुनिता राजबंशीको उद्दार गरेकी थिईन् ।

गम्भिर घाईते भएकी राजबंशीलाई उपचारकोलागी नोबेल अस्पताल बिराटनगर पुर्याउनासाथ डक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *