
बेलबारी । मोरङको बेलबारी नगरपालिका १० भाउन्नेबाट प्रहरीले एकजनालाई लागुऔषध सहित पक्राउ गरेको छ ।


सोही वडा बस्ने वर्ष २० को अर्पण गौतमलाई बुधबार प्रहरी चौकी डागींहाटबाट खटिएको प्रहरी टोलीले ट्रमाडोल ३९ पत्ता र नाईट्राभ्याट १८ ट्याबलेट सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले गौतमलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।









