
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० का ५८ वर्षीय लक्ष्मण नेपालले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।


घरायसी विवाद हुँदा उनले श्रीमती ४१ वर्षीया पवित्रा फुयालको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले लक्ष्मणलाई पक्राउ गरिसकेको छ ।

घरायसी विवाद हुँदा लक्ष्मणले श्रीमती पवित्राको शरिरको विभिन्न भागमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट श्रीमती पवित्राको शरिरको विभिन्न भागमा चोटपटक लागेको थियो । घाइते पवित्रालाई अस्पताल पुर्याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।









