कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाका ४ युवा ब्राउन सुगर सहित पक्राउ

सुन्दरहरैंचा । ब्राउन सुगर सहित सुन्दरहरैचाका ४ युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने मध्ये मोरङ सुन्दर हरैचा नगरपालिका ४ का २१ बर्षीय मनिष चौधरी, २५ बर्षीय अशोक ऋसिदेब, ३१ बर्षीय नबिन कार्की र ३२ बर्षीय बिष्णु चौधरीरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

उनीहरुलाई २.१५ ग्राम ब्राउन सुगर सहित  विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँटबाट लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। ब्राउन सुगर सहित पक्राउ परेका उनीहरु सबै जनाको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यसैगरी झापा बिर्तामोड नगरपालिका ३ का १९ बर्षीय बिबेक खड्का र २१ बर्षीय सरोज चौधरीलाई झापा भद्रपुर नगरपालिका ५ मेचीपुलबाट ब्राउन सुगर  २७० मिलिग्राम सहित मेचीपुल बिटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *