
सुन्दरहरैंचा । ईलाका प्रहरी कार्यालय बेलबारीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा सुन्दरहरैंचा नगरपालिकाबाट दुईजन व्यक्तिलाई पक्राउ गरेको छ ।


करिब एक हप्ता अगाडि मोरङको बेलबारी नगरपालिका वडा नं १० भाउन्ने बस्ने नरबहादुर थापाको प्र १-०२-०४८ प ६२०२ न. को FZ मोटरसाइकल पार्किङ गरी राखेको अबस्थामा हराएको थियो ।

मंगलबार ईलाका प्रहरी कार्यालय बेलबरीका प्रहरी निरिक्षक तेजबहादुर दाहालको नेतृत्वको टोलीले सुन्दरहरैंचा नगरपालिका वडा नं ९ जब्दी स्थित भित्री सडकमा सोही मोटरसाइकलको नं. परिवर्तन गरि कुदाई राहेको अवस्थामा दुईजना व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बेलबारी नगरपालिका वडा नं ७ बस्ने बर्ष २३ को सुमन चौधरी र सुन्दरहरैंचा नगरपालिका वडा नं ९ बस्ने बर्ष २१ को सुदिप परियार रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको न. परिवर्तन गरी प्र १-०२-०४७ प ८२६९ बनाई चौधरीले परियारलाई मोटरसाइकल पछाडि राखेर कुदाउदै गरेको अवस्थामा दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।









