कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा नि:शुल्क योग शिविर शुरु

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचामा श्रावण १ गतेदेखि एक महिने निःशुल्क योग शिविर शुरू भएको छ। “योग गरौं : स्वस्थ बनौं” भन्ने नाराका साथ आयोजना भएको यस शिविरको मुख्य उद्देश्य तनाव न्यूनीकरण तथा जीवन व्यवस्थापन रहेको सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले जानकारी दिए ।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघ, इन्द्रपुर जेसिज, लोकशान्ति साकाेसकाे संयुक्त आयाेजनामा भएको शिविरमा  जीवन विज्ञान जिल्ला परिषद् मोरङकाे सहकार्य रहेको छ । उर्जा ध्यान शिविरमा सहभागी हुन चाहनेले नाम टिपाउनु पर्ने छ।योग शिविर इन्द्रपुर जेसीजको सभाहलमा भदौ १ गतेसम्म सञ्चालन हुने छ ।  यो शिविरले स्थानीय बासिन्दाहरूलाई योग र ध्यानको माध्यमबाट स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्ने अपेक्षा गरिएको आयाेजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *