मुख्य समाचार शिक्षा

सुन्दरहरैंचामा सामुदायिक भन्दा नजि विद्यालय अब्बल

सुन्दरहरैंचा । कुनै पनि कुरामा लगानी गरेपछि प्रतिफलको अपेक्षा गर्नु स्वाभाविक कुरा हो। तर राज्यले लगानी गरेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अपेक्षा गरेभन्दा निकै नै न्यून प्रतिफल प्राप्त भएको देखिन्छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट सामुदायिक र संस्थागत विद्यालयबाट  दुई हजार एकानब्बे जना विद्यार्थीहरू एसइई परीक्षामा सहभागी भएका थिए । जस मध्ये  एक हजार पाँच सय सात जना परीक्षामा उत्तीर्ण भएका छन् ।

सुन्दरहरैंचा नगरपालिकाको शिक्षा शाखाले दिएको जानकारी अनुसार सामुदायिक विद्यालयबाट एक हजार तीन सय तेत्तीस जना सहभागी विद्यार्थीमा सात सय चौरासी जना विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै संस्थागत विद्यालयबाट सात सय उनन्सत्तरी जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने जसमा सात सय उनन्तिस जना परीक्षामा उत्तीर्ण भएका छन् ।

संस्थागत विद्यालय र सामुदायिक विद्यालय बिचको दुरी बढिरहेको बेला एसइईको नतिजाले झन् दुरी बढ्ने खतरा छ । २०८० सालको एसइई परीक्षामा सुन्दरहरैंचा नगरपालिकाबाट ७२% विद्यार्थी उत्तीर्ण भएका छन् । संस्थागत विद्यालय तर्फबाट परीक्षामा सहभागी मध्ये ९४% विद्यार्थी उत्तीर्ण भएका छन् भने सामुदायिक विद्यालय तर्फका ५९% विद्यार्थी परीक्षामा उत्तीर्ण भएका छन् ।

०८०/०८१ मा सुन्दरहरैंचा नगरपालिकाले विनियोजन गरेको बजेट मध्ये ७५% खर्च गरिसकेको नगर शिक्षा शाखाले जनाएको छ । तर नगरले शिक्षामा लगानी गरे अनुसारको प्रतिफल सामुदायिक विद्यालयले दिनसकिरहेको छैन  । सुन्दरहरैंचामा एघार वटा सामुदायिक विद्यालय र पच्चिस वटा संस्थागत विद्यालयहरू एसइईमा सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *