
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट सामुदायिक र संस्थागत विद्यालयबाट एक हजार पाँच सय सात जना विद्यार्थीहरू एसईई परीक्षामा उत्तीर्ण भएका छन् । ३६ वटा सामुदायिक विद्यालय र संस्थागत विद्यालयका दुई हजार एकानब्बे जना विद्यार्थीहरू एसईई परीक्षामा सहभागी भएका थिए ।


सुन्दरहरैंचा नगरपालिकाको शिक्षा शाखाले दिएको जानकारी अनुसार सामुदायिक विद्यालयबाट एक हजार तीन सय तेत्तीस जना सहभागी विद्यार्थीमा सात सय चौरासी जना विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै संस्थागत विद्यालयबाट सात सय उनन्सत्तरी जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने जसमा सात सय उनन्तिस जना परीक्षामा उत्तीर्ण भएका छन् ।

हेर्नुहोस् कुन विद्यालयको कति विद्यार्थी उत्तीर्ण :










