
इटहरी । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले पुष्पकमल दाहालको उपद्रोका कारण सरकार परिवर्तन भएको बताएका छन् । बिहीबार नेपाली काङ्ग्रेस इटहरी उपमहानगरपालिकाको नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय राजनीतिक मोलमोलाइ गरेको कारण काङ्ग्रेस-एमाले एक ठाउँमा उभिएको बताएका हुन ।


महामन्त्री थापाले संविधान संशोधन गर्नका लागि काङ्ग्रेस-एमाले एक ठाउँमा उभिएको बताएका छन् । महामन्त्री थापाले काङ्ग्रेस प्रतिपक्षमा नै बस्न चाहे पनि संविधान संशोधन गर्नका लागि सरकारमा सहभागी भएको बताए ।

थापाले काङ्ग्रेस-एमालेको सरकार बन्ने भए पनि काङ्ग्रेसको प्रतिस्पर्धा एमाले सँग नै हुने बताए । संविधान संशोधन गर्न राष्ट्रिय सहमतिको सरकार चाहिने भए पनि अब सरकार काङ्ग्रेस-एमालेले चलाउने बताए । उनले संविधान संशोधन गर्न सबैको आवश्यकता हुने भएता पनि सरकार सञ्चालन दुई राजनीतिक दलले सञ्चालन गर्ने बताए ।
उनले कसैले फायल खोल्छु भनेकै भरमा काङ्ग्रेस-एमाले मिलेको नभई देशलाई निकास दिन दुई ठुला पार्टी एक भएको बताए । थापाले सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा नदिए नयाँ ढङ्गले प्रधानमन्त्री पदबाट प्रचण्डलाई हटाउने बताउँदै थापाले एक हप्ता भित्रमा नयाँ सरकार बन्ने बताएका छन् ।









